राइनास बहुप्राविधिक शिक्षालयको वर्तमान, अवस्था चुनौती र भावी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रम २०८०
- May-10, 2023

राइनास बहुप्राविधिक शिक्षालयमा आयोजित "राइनास बहुप्राविधिक शिक्षालयको वर्तमान अवस्था चुनौती र भावी कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रम" मा प्रमुख अतिथिहरु क्रमश गडण्की प्रदेश कार्यालयका निर्देशक दामोदर देवकोटा, लमजुङ जिल्लाका प्रजिअ रामकृष्ण अधिकारी ज्यू को उपस्थिति रहेको थियो । जसमा वक्ताहरु क्रमश वीरभक्ती मा वि का प्रअ नुर मोहम्मद मिया, राइनास नपा का निवर्तमान अध्यक्ष सिंह बहादुर थापा, वर्तमान अध्यक्ष खड्ग बहादुर गुरुङ लगायतले शिक्षालयको स्थापना कालदेखी वर्तमान अवस्था सम्म आइपुग्दा झेल्नु परेका चुनौती तथा अवसरका बारेमा मन्तव्य राख्नुभएको थियो । र अन्त्यमा समस्याका उचित हल गर्ने तौरतरिका राख्दै प्रजिअ रामकृष्ण अधिकारी ले कार्यक्रम समापन गर्नुभयो । कार्यक्रम संचालन शिक्षालयका प्रशासकिय सहायक मिलन देवकोटाले गर्नुभयो भने शिक्षालयको बारेमा प्रस्तुतीकरण शिक्षालय प्रमुख वुद्धि कुमार श्रेष्ठले र स्वागत मन्तव्य शिक्षालयका लेखा तथा प्रशासकिय अधिकृत जीवननाथ देवकोटाले गर्नुभयो ।